पाकिस्तानमा चम्किँदै नेपाली चेली, अनिताले १६ र सरुले १० गोल गर्दा गोलकिपर एन्जिलाले गरिन् २ गोल

नेपाली राष्ट्रिय महिला खेलाडीहरुले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तता दिएका छन्।

नेपाली खेलाडीहरु अनिता केसी, सरु लिम्बू, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बलेले गोल गरेपछि पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ।

अनिताले १६, सरुले १० र गीता र एन्जिलाले समान २ गोल गरेपछि मासा युनाइटेडले लगतार तेस्रो जित निकाल्ने क्रममा मंगलबार भएको खेलमा कराँची एफसीमाथि ३५–०को फाराकिलो जित निकालेको छ।

मासको कप्तानी नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गरिरहेकी छिन् । कराँचीविरुद्ध २ गोल समेत गरकी एन्जिला तीन वटै खेलमा क्लिन सिट राख्न सफल भएकी छिन्।

कराँचीपिवरुद्ध मासाले पहिलो हाफमा १५ र दोस्रो हाफमा २० गोल गरेको थियो । अनिता, सरु, गीता र एन्जिलाका अलावा अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् ।

यसअघि पहिलो खेलमा मासाले सियालकोट सिटीलाई १९–० ले हराएको थियो भने दोस्रो खेलमा हाइयर एजुकेसन कमिसनलाई ४–०ले हराएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.