एन्फा अध्यक्ष नेम्वाङ बने एएफसीको सदस्य

Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्य निर्वाचित भएका छन्। बहराइनमा भएको ३३औं एएफसी कंग्रेस २०२३ बाट उनी साउथ जोनबाट निर्विरोध निर्वाचित भएका हुन्।

साउथ जोनबाट दुई जना केन्द्रीय सदस्यको कोटा रहेकोमा माल्दिभ्सका बसेम अदिल जलील र नेपालका नेम्बाङको अन्तिम उम्मेदवारी परेको थियो। यसअघि भारतबाट पनि उम्मेदवारी परेकोमा फिर्ता भएको थियो।

निर्वाचित नेम्बाङको कार्यकाल सन् २०२३ देखि २०२७ सम्मका लागि हुनेछ।

कंग्रेसले एएफसी अध्यक्षमा बहराइनका शेख सलमान विन इब्राहिम अल खालिफा निर्वाचित भएका छन्। उनी तेस्रो पटक एएफसीको अध्यक्ष निर्वाचित भएका हुन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा १२ महिला क्रिकेटर मात्रै
Next post डीसीए कपको उपाधि स्टेपिङ स्टोनले जित्यो
Close