चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा चिलीमाथि १–०को जित निकाल्दै ब्राजिल सेमिफाइनलमा पुगेको हो।

ब्राजिललाई जित दिलाउन दोस्रो हाफको सुरुआतमै लुकास पक्वेटाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४६औं मिनेटमा पक्वेटाले गोल गरेका थिए।

त्यसको दुई मिनेटपछि नै ब्राजिल १० खेलाडीमा समेटियो । ४८औं मिनेटमा ग्याब्रिअल जेसुसले हात्ताले विपक्षी खेलाडीको अनुहारमा प्रहार गर्दा सिधै रेर्डकार्ड पाएका थिए। त्यसपछि चिलीले ब्राजिलाई निरन्तर दबाब दिएको थियो। तर गोल भने गर्न सकेन ।

खेलमा ब्राजिलले ५९ प्रतिशत बल पोजेसन बनाउँदै ब्राजिलको पोस्टमा ११ सट प्रहार गरेको थियो, त्यसमध्ये ५ सट फ्रेममा थियो । यता, ब्राजिलले १० सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

अब ब्राजिलले फाइलन प्रवेशका लागि पेरुको सामाना गर्ने छ। खेल सेप्टेम्बर ७मा हुनेछ। यी दुई टिम अघिल्लो संस्करणका फाइलनलिस्ट हुन्।

Facebook Comments Box