ब्राजिल कोपा अमेरिकाको फाइनलमा, पक्वेटाको गोलमा पेरु पराजित

ब्राजिल कोपा अमेरिकाफ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा लुकास पक्वेटाको निर्णायक गोल मद्दतमा पेरुलाई १–०ले हराउँदै डिफेन्डिङ च्याम्पियन ब्राजिल ४७औं संस्करणको कोपा अमेरिकाको फाइनलमा पुगेको हो।

अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् । पेरु गत सिजनको फाइनलिस्ट हो।

खेलको एक मात्र गोल लुकास पाक्वेलाले ३५ औं मिनेटमा गरे । नेयमारले ३ जना डिफेन्डिरलाई छलाउँदै दिएको उतृष्ट पासलाई सदुपयोग गर्दै पक्वेटाले गोल गरेका हुन् । जारी प्रतियोगितामा पक्वेटाले लगातार दास्रो खेलमा निर्णायक गोल गरे।

खेलमा ५६ प्रतिशत बल पोजेसन बनाउँदै उसले पेरुको पोस्ट १५ सट प्रहार गरेको थियो, त्यसमध्य सट फ्रेममा थियो। यता पेरुले ७ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

Facebook Comments Box