पाराग्वेले चिलीलाई हरायो

ब्राजिलमा जारी ४६औं संस्करणको कोपाा अमेरिकामा पाराग्वे विजयी भएको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीमाथि २–०को जित निकाल्यो।

समूह एमा दोस्रो जित निकालेसँगै पाराग्वेले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । ३ खेलमा २ जित निकालेको उसको ६ अंक छ, र ऊ दोस्रो स्थानमा छ । यो समूहबाट अर्जेन्टिना, उरुग्वे र चिली पनि अन्तिम ८मा प्रवेश गरेका छन्।

खेलमा पाराग्वेलाई जित दिलाउन ब्राइन सामुडिओ र मिगुएल अल्मिरोनले गोल गरेका थिए । ३३औं मिनेटमा सामुडिओले गोल गर्दै पाराग्वेलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो ।

दोस्रो हाफको सुरुआतमै अल्मिरोनले गोल गर्दै परागवेको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा प्राप्त पेनाल्टीमा अल्मिरोनले गोल गरेका थिए।

Facebook Comments Box