पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी

Read Time:1 मिनेट

पूर्व क्रिकेटर पारस खड्का र नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दशकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। १८औं पल्सर स्पोर्टस अवार्डमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारसलाई पुरुष र सावित्रालाई महिलातर्फ ‘प्लेअर अफ दि डिकेड’ घोषणा गरेको हो।

अवार्ड लिँदै पारसले टिमकै कारण आफू यो अवार्ड पाएको बताए । उनले टिम विना आफू केही पनि नभएको बताउँदै अवार्ड नेपाली क्रिकेट टिमलाई समर्पित गरे ।

यसैगरी, जगत टमटा दशककाे उत्कृष्ट प्रशिक्षक बनेका छन्। दशककै उत्कृष्ट खेलाडी प्रशिक्षक बनेका तीनै जनाले पल्सर मोटरसाइकल प्राप्त गरे ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पल्सर स्पोर्टस् अवार्ड : कुशल र एन्जिलालालाई पछि पार्दै एलिनाले जितिन् पिपुल् च्वाइस अवार्ड
Next post टियू मैदानमा हुने सिरिजका लागि टिम घोषणा, देव खनाल र आदिल अन्सारी पहिलो टिममा
Close