मोनाकोलाई हराउँदै पिएजीले जित्यो फ्रेन्च कप

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई २–० ले पराजित गर्दै पिएसजीले फ्रेन्च कप जितेको हो।

स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पिएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । पिएसजीले दुवै हाफमा गोल गरेको थियो।

१९औं इकार्डीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । उनले एम्बाप्पेको पासमा गोल गरेका थिए । पहिलो १–०मै सकियो । ८१औं मिनेटमा एमबाप्पेले एन्जेल डि मारियाको पासमा गोल गर्दै पिएसजीलाई २–०को जित दिलाए।

यो प्रशिक्षक माउरिसियो पोचेटिनोको पहिलो उपाधि हो। पिएसजीले सर्वाधिक १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको हो । मोनाको ५ पटक यो पाधि जितेको छ ।

Facebook Comments Box