इकार्डीले ह्याट्रिक गर्दा पिएसजी सेमिफाइनमा

अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीले ह्याट्रिक तथा ब्रजिलियन स्टार नेमार र किलियन एम्बाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा तीनै स्ट्राइकर चम्किएपछिसेन्ट इटिनेलाई ६–१ को फराकिलो अन्तरले गर्दै पीएसजी लिग कपको सेमिफाइलनमा पुगेको हो ।

पीएसजीको सानदार जितमा इकार्डीको ह्याट्रिकसँगै नेयमार र केलियन एमबाप्पेले एक एक गोल गरे । पीएसजीले अर्को गोल आत्मघाती उपहार पाएको थियो । सेन्ट इटिनेका लागि योहान कावयले सान्त्वना गोल फर्काए ।

खेलको सुरुवातदेखि सेन्ट इटिनेलाई दबाबमा राखेको पीएसजीले दोस्रो मिनेटमै इकार्डीको गोलमा अग्रता लिएको थियो । ३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि सेन्ट इटिने पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

३९औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा सेन्ट इटिनेका जेसी मौलिनले आत्मघाती गोलगरेपछि पिएसजी पहिलो हाफमा ३–०को बलियो अवस्थामा रह्यो ।

४९औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल थपे । इकार्डीले ५७औ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । ६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रता दिलाए । ७१औं मिनेटमा सेन्ट इटिनेका योहान काबायीले सान्त्वना गोल फर्काएका थिए ।

अर्को खेलमा लिलेले एमेन्सलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिलेको जितसँगै फ्रेन्च कपको सेमिफाइनल सेमिकरण पनि पूरा भएको छ । यसअघि लियोन र स्टेड रेम्सले सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.