पोचेटिनोले पिएसजी छाड्ने, जिदान प्रशिक्षक बन्ने

Read Time:1 Minute

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले पिएसजी छाड्ने भएका छन्। क्लबको बोर्डसँगको सहमतिपछि पोचेटिनोले सम्झौता अवधि बाँकी रहँदै पिएसजी छाड्ने भएका हुन्।

पिएसजीसँग पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्मको छ। च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित पिएसजीले पोचेटिनोसहित स्टार खेलाडीहरु अनुबन्धन गरेको थियो ।

तर, लागतार दुई सिजन च्याम्पियन्स लिगमा प्रभाव जमाउन असफल भएपछि पिएसजीले नयाँ प्रशिक्षक खोजिरहेको छ।

पोचेटिनोल पिएसजी छाड्ने पक्का भएपनि औपचारिक घोषणा भने भएको छैन । उनी सन् २०२१ मा पिएसजी आएका थिए।

पोचेटिनोको स्थानमा पिएसजीले जिनेदिन जिदानलाई प्रशिक्षकका रुपमा भित्र्याउन लागेको छ। केही सञ्चारमाध्यमहरुले जिदानले पिएसजी आउने पक्का भइसकेको उल्लेख गरेका छन्।

फ्रेञ्च राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई फ्रान्समा फर्कन र लिग वान क्लबको प्रशिक्षक बन्न आग्रह गरेका थिए । गत सिजन रियल छाडेपछि जिदान क्लबबिहीन छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा
Next post मेसीले जित्लान् विश्वकप उपाधि ?
Close