प्याट्रिक सिकले सेन्टरबाट हानेको गोल युरोकपको ‘गोल अफ द टुर्नामेन्ट’

चेक रिपब्लिकका प्याट्रिक सिकले स्कटल्यान्डविरुद्ध प्रहार गरेको गोल युरोकप २०२० को ‘गोल अफ द टुर्नामेन्ट’ चुनिएको छ। उनले मैदानको लगभग सेन्टरबाट प्रहार गरेको सट सिधै गोल भएको थियो।

स्कटल्यान्डविरुद्ध चेकले २–० को जित निकालेको सो खेलमा दुवै गोल सिकले नै गरेका थिए। प्रतियोगितामा उनले कुल ५ गोल गरेका थिए। क्रिस्टियानो रोनाल्डोले पनि प्रतियोगितामा ५ गोल नै गर्दै गोल्डेन बुट जितेका थिए। रोनाल्डोभन्दा एक खेल बढी खेलेका कारण दोस्रो हुँदै उनले सिल्भर बुटमा चित्त बुझाउनु परेको थियो।

प्रतियोगितामा कुल १४२ गोल भएका थिए। त्यसमध्ये उत्कृष्ट १० गोल छानेर युइएफएले भोटिङ मार्फत् उत्कृष्ट गोल चुनेको हो। २४ घण्टामा लगभग ८ लाख भोट आएको युइएफएको आधिकारिक वेबसाइटमा उल्लेख छ।

युरोकप २०२० का उत्कृष्ट १० गोलहरुः

१) प्याट्रिक सिक (स्कटल्यान्ड ०–२ चेक रिपब्लिक)
२) पल पोग्बा (फ्रान्स ३–३ स्विट्जरल्यान्ड; ४–५ पेनाल्टी)
३) लुका मोड्रिच (क्रोएसिया ३–१ स्कटल्यान्ड)
४) लोरेन्जो इन्सिने (बेल्जियम १–२ इटाली)
५) केभिन डे ब्रुन (डेनमार्क १–२ बेल्जियम)
६) क्रिस्टियानो रोनाल्डो (हंगेरी ०–३ पोर्चुगल)
७) अल्भारो मोराटा (इटाली १–१ स्पेन; ४–२ पेनाल्टी)
८) मिकेल ड्याम्सगाड (इंग्ल्यान्ड २–१ डेनमार्क)
९) एन्ड्री यार्मोलेन्को (नेदरल्यान्ड्स ३–२ युक्रेन)
१०) फेडेरिको किएजा, (इटाली १–१ स्पेन; ४–२ पेनाल्टी)

Facebook Comments Box