पोग्बाले विश्वकप गुमाउन सक्ने

Read Time:1 मिनेट

फ्रेन्च मिडफिल्डर पउल पोग्बाले यसैवर्ष कतारमा आयोजना हुने विश्वकप गुमाउने सक्ने सम्भावना बढेको छ। प्रिसिजन टुरका क्रममा चोट बकेपछि पोग्बाले विश्वकप गुमाउने खतरा बढेको हो।

सिजनको अन्त्यसँगै म्यान्चेस्टर युनाइटेड छाड्दै इटालियन क्लब युभेन्टस पुगेका २९ वर्षीय पोग्बा अभ्यासका क्रममा घाइते भएका हुन्। अभ्यासका क्रममा घुँडामा लागेको चोट सुरुमा सामान्य रहेको बताइएको थियो, तर पोग्बाको चोट गम्भीर देखिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले घुँडाको शल्यक्रिया गर्नु भएकाले उनी लामो सयम मैदान बाहिर रहनुपर्ने उल्लेख गरेका छन्। सोही कारण पोग्बाले विश्वकप खेल्नेमा आशंक गरिएको हो।

शल्यक्रिया गर्नुपरेमा पोग्बाले कतारमा हुने विश्वकप गुमाउने निश्चित छ । शल्यक्रिया गर्नु नपरे पनि उनी करिब २ महिना मैदान बाहिर रहने बताएको छ।

तर, युभेन्टसले भने पोग्बाको चोटका विषयमा आधिकारिक जानकारी दिएको छ्रैन। उसले पोग्वाको चोटको पूरा जाँचपछि मात्र कति समयमा ठिक हुन्छ भन्ने बताउने सकिने जनाएको छ।

पोग्वा घाइते भएपछि युभेन्ट्स संकटमा पारेको छ। उनी लामो समयसम्म खेल्न नसक्ने भएपछि उनको विकल्पमा कसलाई खेलाउने भन्नेबारे सोच्नुपर्ने भएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फ्रेन्च डिफेन्डर कुन्डे बार्सिलोनामा
Next post पूर्वफुटबलर सन्दीप राई खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त
Close