एसी मिलानलाई हराउँदै युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

इटालियन क्लब एसी मिलानलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार एसी मिलानलाई उसकै मैदानमा १–०ले हराउँदै समग्रमा २–१को जितसहित युनाइटेड अन्तिम ८मा प्रवेश गरेको हो। ओल्ड ट्राफोर्डमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।

एसी मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे। पहिला हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको तस्रो मिनेटमै पोग्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पोग्बा दोस्रो हाफमा मिनेटमा मार्कस रास्फोर्डलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए। त्यसपछि कुनै गोल नहुँदा युनाइटेड अन्तिम ८मा प्रवेश गर्न सफल भयो ।

यसैगरी बिहीबार राति खेलपछि स्पेनको ग्रानडा र भियारियाल, इटलीको रोमा, चेक रिपब्लिकको स्लाभिया प्राग र नेदरल्याण्ड्सको अयाक्स पनि क्वाटरफाइनल पुगेका छन्।

योसँगै युरोपा लिगको अन्तिम ८को समीकरण पुरा भएको छ । जसमा इंग्ल्यान्डका म्यान्चेस्टर युनाइटेड र आर्सनल, स्पेनका ग्रानडा र भियारियाल, इटलीको रोमा, चेक रिपब्लिकको स्लाभिया प्राग, क्रोएसियाको डाइनामो जाग्रेब र नेदरल्याण्ड्सको अयाक्स छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.