
डिबालाले युभेन्टस छाड्ने
Read Time:1 मिनेट
अर्जेन्टिनी विंगर पाउलो डिबालाले इटालियन क्लब युभेन्टस छाड्ने भएका छन्। २८ वर्षीय डिबालाले सिजको अन्त्यसँगै युभेन्टस छाडेन भएका हुन्।
सिजनको अन्त्यसँगै युभेन्टससँग डिबालाको सम्झौता सकिँदैछ। डिबालाले सम्झौतान नवीकरण गर्न अस्वीकार गर्दै आएका छन्।
डिबाला सन् २०१५मा पालेर्मोबाट युभेन्टस आएका थिए। त्यसयता उनले २९१ खेल खेल्दै ११५ गोल गरेका छन्। ७ सिजन युभेन्टसमा बिताउँदा उनले ५ सिरि एसहित १२ उपाधि जितेका छन्।
पछिल्लो दुई सिजन यता चोटले सताइएका डिबालालाई फ्रि ट्रान्सफरमा भित्र्याउन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले चासो देखाएका छन्।