डिबालाकी आमा भन्छिन्– डिबाला पनि नेपाल आउन चाहन्छन्

Read Time:2 Minute

अर्जेन्टिनाका फुटबल खेलाडी पाउलो डिबला नेपाल आउन चाहेको उनी आमा एलिसिया डी डिबलाले बताएकी छन् । डिबालाकी आमा एलिसिया नेपाल आएकी छिन् र उनले खेलाडी डिबला पनि कुनै दिन नेपाल आउने बताइने ।

काठमाडौं सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको कार्यक्रममा लागि आएकी डिबलाकी आमा एलिसिया नेपाल आएकी हुन् । उनलाई स्कुलले बुधबार एक कार्यक्रमका बीच नेपाली सांस्कृतिक झल्कने लाखे नाचसहित स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा अध्यक्ष रामकृष्ण चित्रकार र विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीका साथै स्कुलको फुटबल एम्बेस्डर अनिल गुरुङ, खेलकुद संयोजक राकेशकुमार राईसँगै प्रशिक्षक सनोज श्रेष्ठ र पुष्प विष्ट लगायतको उपस्थिती थियो ।

विद्यालयका खेलाडी भाइबहिनीहरुलाई खेलप्रति उत्साहित बनाउने ध्येयले पाउलो डिबलाको अटो ग्राफसहितको जर्सी उनकी आमाले विद्यालयलाई उपहार स्वरुप हस्तान्तरण समेत गरिन् ।

सोही अबसरमा एलिसियाले अर्जन्टिनाका फरवार्ड डिबला हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका र कुनै दिन नेपाल आएर स्वस्तिश्री गुरुकुलमा उपस्थित हुने बताएकी हुन् । एलिसियालाई विद्याको तर्फबाट प्रवन्ध निर्देशक मिना महर्जन चित्रकारले खादा र मायाको चिनो प्रदान गरिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आसिफको आकर्षक अर्धशतक, मालेसियामाथि नेपालको ६ विकेटको जित
Next post आइपिएलमा कोलकातामाथि बैंग्लोरको जित
Close