पभार्ड बायर्न जादै

फ्रान्सलाई विश्वकप उपाधि दिलाउन डिफेन्समा उत्कृष्ट प्रर्दशन गरेका बेन्जामिन पभार्ड स्टुटगार्टबाट बुन्डेसलिगा च्याम्पियन बार्यन म्यूनिख जाने भएका छन् । विश्वकपको प्रिक्वार्टरफाइलनमा अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोल गर्दै चर्चामा आएका २२ वर्षीय पभार्ड ३५ मिलियन युरोमा बार्यन जान लागेका हुन् ।

स्टुटगार्ट र बार्यन म्युनिखबिच २०१९ बाट पभार्ड बायर्नबाट खेल्ने सहमति भएको एजेन्सीहरुले जनाएका छन् । अर्थात उनले अब सुरु हुने सिजनको आधासम्म स्टुटगार्टकै लागि खेल्ने छन् । दुई क्लबबीच विश्वकप अघि नै पभार्डको स्थानान्तरण रकममा सहमति भएको ३५ जर्मन टेलिभनिज एसडब्लुआरले जनाएको छ ।

सन् २०१६ मा पभार्ड स्टुटगार्ट पुग्दा क्बल दोस्रो डिभिजनमा घटुवा भएको थियो । गत सिजन स्टुटगार्ट उत्कृष्ट प्रदर्शन गर्दै ‘ए’ डिभिजनमा उक्लिएको थियो । स्टुटगार्डको त्यो प्रदर्शनमा पभार्डको भूमिका महत्वपूर्ण थियो । त्यही प्रदर्शनकै कारण पभार्डले फ्रान्सको राष्ट्रिय टिममा स्थान बनाउँदै विश्वकप उपाधि जित्न सफल भएका थिए ।

फ्रान्सको यु–१९, यु–२१ हुँदै सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टिमा स्थान बनाएका पभार्डले राष्ट्रिय टिमबाट १२ खेल खेल्दै १ गोल गरेका छन् ।

पभार्डले स्टुटगार्टमा ५७ खेल खेल्दै २ गोल गरेका छन् । सन् २०१५÷१६ को सिजन फ्रान्सकै क्लब लिल्लेमा बिताएका पभार्डले त्यहाँ २४ खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP