पेड्री युरोकपका उत्कृष्ट युवा खेलाडी

स्पेनका १८ वर्षीय पेड्री १६औं संस्कणको युरोपकपको उत्कृष्ट युवा खेलाडी बनेका छन् । स्पेनलाई सेमिफाइनलसम्म पु¥याउने क्रममा पेड्रीले उल्लेख्य प्रदर्शन गरेका थिए । सोही कारण उनी उत्कृष्ट युवा खेलाडी घाेषित भएका हुन्।

युरोकपमा उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाउने पेड्री दोस्रो खेलाडी हुन् । यो पुरस्कार सन् २०१६को संस्करणबाट मात्र दिन थालिएको हो। अघिल्लो सिजन यो पुरस्कार पोर्चुगलका रेनाटो सान्चेजले पाएका थिए।

युरोकपमा उनी मिडफिल्मा स्पेनमा मुख्य खेलाडी थिए । उनले ६ खेलमा ६२९ मिनेट मैदानमा बिताएका थिए । उनले १ गोल गरेका थिए।

यस्तै, इटालीका गोलकिपर जियानलुइजी डोनारुमा प्लेयर अफ दी टुर्नामेन्ट बने भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन्।

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जित्यो।

Facebook Comments Box