फुबटलका जादुगर पेलेका केही राेचक घटना

Read Time:7 Minute

फुबटलका जादुगरका रुपमा चिनिने महान फुबटलर पेले हामी माझ छैनन् । क्यान्सरबाट पीडित पेलेको उपचारका क्रममा बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ।

१७ वर्षमै स्टार बनेका पेलेले आफ्नो २१ वर्ष लामो खेल जीवनमा थुप्रै कीर्तिमान बनाएका छन्। विश्व फुटबलको जुन चहलपहल छ, त्यो सबै पेलेकै कारण थियो भन्दा कुनै विरोध हुने स्थिति छैन । पेले तिनै खेलाडी हुन्, जसले फुटबललाई सुन्दर खेल बनाए । त्यसैले उनलाई फुटबलको ‘राजा’ भनिन्छ ।

कीर्तिमानी १ हजार २ सय ८१ गोलका पेलेका जीवनमा थुप्रै घनाटका साक्षी भएका छन्, र आफैं पात्र बनेका छन् । ती मध्ये केही रोचक घटना :

रेफ्रीले मैदान छाड्नु पर्‍यो

बोगोटामा जुन १८, १९६८ मा पेलेको क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो। दर्शकले भरिभराउ रंशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने। त्यतिबेला रेड कार्डको चलन थिएन्। सन् १९७० बाट मात्र रेडकार्डको चलन सुरु भएको थियो।

रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडीहरूले उनलाई घेरे। दर्शकहरूको भिडले पनि उक्त निर्णयको विरोध गर्‍यो। सोपछि रेफ्रि मैदान छाड्न बाध्य भए। रेफ्रिबाहिरिएपछि पेलेलाई तत्कालै मैदान प्रवेश गरे ।

सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यसपछि आफूलाई खेल छाड्न लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिइएको बताएका थिए।

कहिल्यै युरोपेली क्लबबाट खेलेनन्

आलोचकहरू पेलेले युरोपियन फुटबल नखेलेर आफ्नो जीवन सहज बनाएको ठान्छन्। अन्य ब्रजिली खेलाडीलाई झैँ पेलेलाई आफ्नो महत्वपूर्ण समयमा विदेशमा गएर खेल्न रोकिएको थियो।

सान्तोसले रियल मड्रिड र एसी मिलानजस्ता युरोपका ठूला क्लबको प्रस्ताव लत्याएको थियो । त्यतिबेला क्लबले चाहेमात्र खेलाडी अन्यत्र जान सक्थे, खेलाडीको केही चल्दैनथ्यो।

पेलेलाई ब्राजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाब दिएको पनि बताइन्छ । सन् १९६१ मा राष्ट्रपतिले पेले राष्ट्रिय सम्पत्ति भन्दै उनलाई अन्य देशमा खेल्न पठाउन नसकिने बताएका थिए।

५० वर्षको उमेरमा बल्ल कप्तान

फुबटलका कुशल खेलाडी पेलेले खाफ्नो खेल जीवनमा कहिल्यै कप्तानी गरेनन् । उनलाई थुप्रै पटक क्लब र देशको कप्तान बन्न प्रस्ता पनि आयो, तर उनले कहिल्यै कप्तान बन्ने प्रस्ताव स्वीकार गरेनन्।

तर, आफ्नो जीवनमा एक पटक मात्र कप्तानको आर्मब्यान्ड लगाए । त्यो पनि फुबटलबाट सन्यास लिएको १३ वर्ष पछि । त्यतिबेला उनी ५० वर्षका थिए।

आफ्नै ५०औं जन्मदिनका आवसरमा आयोजना गरिएको ब्राजिल र विश्व ११ बीचको खेलमा उनले कप्तानी गरेका थिए। सन् १९९० मा मिलानमा भएको खेलमा जीवनकै पहिलो पटक कप्तानी गरेका उनले ४५ मिनेट मैदानमा बिताएका थिए ।

पेलेको ‘अपहरण’

सन् १९७२ को सेप्टेम्बर ५ मा ब्राजिलिय क्लब सान्तोस खेलका ट्रिनिडाड एन्ड टोबागो पुग्यो । त्यहाँ सान्तोसका खेलाडीहरू त्यति सन्तुष्ट थिएनन्।

त्यहाँ आन्दोलन चलिरहेको र सडकमा ट्यांक देखिएपछि उनीहरु खुसी थिएनन्। उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन चाहन्थे ।

तर, ४३ मिनेटको पेलेले गोलपछि दर्शकहरू अनियन्त्रित भए। मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले।

उनलाई दर्शको भीडबाट उद्धार गर्न निकै समयको लागेको थियो।

के पेलेले साँच्चै युद्ध रोकेका थिए?

सन् १९६० को दशकमा ब्राजिलियन क्लब सान्तोस विश्वको निकै प्रसिद्ध क्लब थियो । त्यसको प्रसिद्धीको कारण थिए, पेले । उसलाई संसारभरबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आउँथ्यो ।

त्यसैक्रममा सान्तोस मैत्रीपूर्ण खेलका लागि युद्धग्रस्त नाइजिरिया पुग्यो । १९६९ फेब्रुअरी ४ मा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २–१ ले जितेको थियो।

विश्व चर्चित क्बल सान्तोसको सुरक्षाका लागि त्यहाँ युद्धविराम घोषणा गरिएको थियो । त्यसलाई पुष्टी गर्दै पेलेले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्,‘त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए।’

पेले राम्रै गोलरक्षक

सन् १९८० मा बनेको फिल्म इस्केप टू भिक्ट्रीमा पेलेले गोलकीपरको अभिनय गरेका थिए । फिलम दोस्रो विश्वयुद्ध ताकाको नाजी–११ र बन्दीहरूको टोलिबीचको खेलको एउटा काल्पनिक कथामा आधारित थियो ।

इस्केप टू भिक्ट्रीमा गोलकीपरको अभिनय गरेका पेले वास्तवमै राम्रा गोलरक्षक थिए। एउटा खेलामा एक खेलाडी मात्र फेर्ने पाउने अवस्थामा उनले क्लब र राष्ट्रिय टोलीका लागि गोलरक्षको भूमिका निर्वाह गरेका थिए।

सान्तोसका लागि उनले चार खेलमा गोलरक्षकका रुपमा खेलेका थिए भने सन् १९६४ मा आयोजित ब्रजिलियन क्लबको सेमिफाइनलमा पनि उनी गोलपिकर नै थिए। सो खेलमा उनले क्लिन सिट राखेका थिए।

राष्ट्रपति बन्न चाहन्थे पेले

फुटबलमा चर्चित बनेका पेले राष्ट्रपति बन्दै देशको सेवा गर्न चाहन्थे । सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए। पेले राजनीतिमा पनि लागे, सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलका पनि खेलकुदमन्त्री बने, तर राष्ट्रपति बन्ने अवसर कहिल्यै पाएनन् ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post नेपाल टि–२० लिग : आसिफ ब्याटिङमा चम्किँदा पोखराको दोस्रो जित, लुम्बिनीको पहिलो हार
Next post सिन्वारी चम्किँदा विराटनगरमाथि जनकपुरको जित
Close