
पेलेको शोक एन्फाले भन्यो– सबै प्रतियोगितामा १ मिनेट मौन धारण गर्नु
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सर्वकालीन महान फुटबलर पेलेको निधनको शोक मनाउन सबैलाई भनेको छ । एन्फाले देशैभर सञ्चालन भइरहेको प्रतियोगिता अघि एक सातासम्म १ मिनेट मौन धारण गर्न भनेको छ।
एन्फाले सबै जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनेट मौन धारण गर्न पत्र पठाएको छ। एन्फाले फिफाको निर्देशन अनुसार यस्तो पत्र पठाएको हो।
लामो समयदेखि क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।