ग्वार्डिओला बने उत्त्कृष्ट प्रशिक्षक

इंग्लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला सिजनको उत्कृष्ट प्रशिक्षक बनेका छन्। यो सिजन ग्वार्डिओलाले सिटीलाई प्रिमियर लिग र कारबाओ कप जिताए भने च्याम्पियन्स लिगको फाइलनमा पनि पुर्‍याएका छन्।

स्पेनिस प्रशिक्षक ग्वार्डीओलालाई लिग म्यानेजर्स एसोसिएसनले ‘म्यानेजर अफ दी इयर’ घोषणा गरेको हो। ग्वार्डिओलाको प्रशिक्षमा सिटीले पछिल्ला ४ वर्षमा ३ लिग उपाधि जितेको छ।

महिलातर्फ चेल्सीका प्रशिक्षक इमा हेएसले म्यानेजर अफ दि इयर अवार्ड जितिन् ।

Facebook Comments Box