उत्कृष्ट प्रशिक्षकमा ग्वार्डिओला, क्लोप र पोचेटिनो भिड्दै
वर्षको उत्कृष्ट प्रशिक्षका लागि म्यान्चेस्टर सिटीको पेप ग्वार्डिओला, लिपरपुलका योर्गेन क्लोप र टोटनह्यामका माउरिसियो पोचेटिनो भिड्ने भएका छन् । फिफाले बुधबार बेलुकी सार्वजनिक गरेको वर्ष प्रशिक्षकको उत्कृष्ट १० को सूचीमा प्रिमियर लिग विजेता सिटीका ग्वार्डिओला, च्याम्पियन्स लिग विजेता लिभरपुलका क्लोप र च्याम्पियन्स लिग फाइनलिस्ट टोटनह्यामका पोचेटिनो परेका छन् ।
उनीहरुसँगै अल्जेरियालाई अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका प्रशिक्षक जामेल बेल्माडी, फ्रान्सका डिडियर डेसच्याम्प, अर्जेन्टिनी क्लब रिभर प्लेटका मार्सेलो गालार्डो, पेरुलाई कोपा अमेरिकको फाइलनसम्म पु¥याएका रिकार्डो गारेचा फिफाको वर्षको उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट १०को मनोनयनमा परेका छन् ।
यसैगरी पोर्चुगलाई युइएफए नेसन्स कपको उपाधि दिलाएका फर्नान्डो सान्तोष, डच क्लब आयाक्सलाई अविश्वसीयन रुपमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गराएका एरिक टेन ह्याग तथा ब्राजिललाई कोपा अमेरिका उपाधि दिलाएका टिटे उत्कृष्ट प्रशिक्षको प्रारम्भिक सूचीमा परेका छन् ।
यसैगरी फिफाले बुधबार नै वर्षका उत्कृष्ट महिला खेलाडीको उत्कृष्ट १० को मनोनयन पनि सर्वाजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको सूचीमा अमेरिकालाई महिला विश्वकप उपाधि दिलाएका सर्वाधिक ३ खेलाडी परेका छ । यस्तै, नर्वे र फ्रान्सका २–२ खेलाडी मनोनयनमा पर्दा अघिल्लो वर्षकी फिफा वर्ष महिला खेलाडी ब्राजिलकी मार्टा भने मनोनयमै पर्न असफल भइन् ।
उत्कृष्ट १० को मनोनयनमा विश्वविजेता अमेरिकाका रोज लाभेल्ले, एलेक्स मोर्गन, मेगान रेपिनो, नर्वेका क्यारोलिन ग्राहम हानसेन र एडा हेगरबर्ग तथा फ्रान्सका विन्डी रेनार्ड, अमान्डीन हेनरी छन् । यस्तै, अस्ट्रेलियाका साम केर, इंग्ल्यान्डका एलेन ह्वाइट र नदरल्यान्ड्सका भिभिएन मिडेमा परेका छन् ।