जिससको चम्किँदा सिटीको सानदानर जित, शीर्ष स्थानमा १५ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। ब्राजलियन स्ट्राइकर ग्याब्रियल जिससले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि सिटीले मंगलबार राति भएको खेलमा वुल्भ्समाथि ४–१को जित निकाल्यो।

यो जितसँगै सिटीले आफ्नो शतप्रतिशत जितको यात्रालाई २१ खेलसम्म निरन्तरता दिएको छ । यसमा सिटीले ५५ गोल गर्दा ८ गोल मात्र खाएको छ । सबै प्रतियोगितामा गरी २८ खेलयता अपराजित छ । जसमा २५ जित र ३ बराबरी सामेल छ।

घरेलु मैदानमा सिटीलाई सानदार जित दिलाउन ग्याब्रिअ जिससले २ गोल गरे भने रियाद महारेजको नाममा एक गोल रह्यो । यस्तै, अर्को गोल वुल्भ्समा लिन्डर डेन्डोन्करले आत्मघाती गोल गरेका थिए भने वुल्भ्सका कोनर कोडीले गोल गरेका थिए।

१५औं मिनेटमा डेन्डोन्करको आत्मघागी गोल मद्दतमा सिटीले सुरुवाती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो। ५६औं मिनेटमा उल्भ्सका लागि कोडीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर, खेलको अन्तिम १० मिनेटमा ३ गोल गर्दै सिटीले सहज जित निकाल्यो। ८० औं मिनेटमा ग्याब्रियल जिसस गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । ९०औं मिनेटमा महारेजले गोल गरेपछि सिटी ३–१ ले अघि रह्यो । इन्जुरी समयमा जिससले नै गोल गरेपछि सिटी ४–१ले विजयी भयो।

यो जितसँगै सिटीले शीर्ष स्थानमा १५ अंकका अग्रता बनाएको छ । २७ खेलमा ६५ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २६ खेलमा ५० अंक छ । वुल्भ्स २७ खेलमा ३४ अंकसहित १२ औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.