म्यान्चेस्टर सिटी क्वार्टरफाइनलमा

जारी सिजन उत्कृष्ट लयमा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को जितसहित सिटी अन्तिम ८ प्रवेश गरेको हो।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुयना र इल्के गुन्डोगानले एक गोल गरे । खेलको १२औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन ।

सिटी लगातार चौथो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस्तै मोन्चेनग्लाडबाकविरुद्ध दुई गोल गर्दै सिटीले यश सिजन सबैखाले प्रतियोगितामा गरेर १०१ गोल गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.