साउथह्याम्पटनविरुद्ध सिटीको सहज जित, शीर्ष स्थानमा १४ अंकको अग्रता

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। प्रियिमर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको हो।

यो जितसँगै लिग लिडर सिटीले शीर्ष स्थानमा १४ अंकको अग्रता बनाएको छ। सिटीको २९ खेलमा ६८ अंक छ भने एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेडको ५४ अंक छ। साउथह्याम्पटन भने ३३ अंकका साथ १३औं स्थानमा छ।

सिटीको सहज जितमा केभिन डे ब्रुयन र रियाद महरेजले समान २–२ गोल गर्दा इल्के गुन्डोगनले एक गोल थपे। साउथह्याम्पटनका जेम्स वार्ड र चे आडम्सले गोल फर्काए।

खेलको १५ औं मिनेटमा केभिनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। तर २५ औं मिनेटमा पेनाल्टीबाट जेम्स वार्डले गोल गरेपछि साउथह्याम्पटनले १–१ गोलको बराबरी खेलेको थियो। रियाद महरेजले ४० औं मिनेटमा गोल गर्दा इल्के गुन्डोगनले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै सिटीलाई ३–१ गोलको अग्रता दिलाए।

५५ औं मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटीले ४–१ गोलको अग्रता लियो। तर ५६ औं मिनेटमा चे आडम्सले गोल गर्दै साउथह्याम्पटनलाई ४–२ को स्थितिमा ल्याए। ५९ औं मिनेटमा केभिनले गोल गरेपछि भने सिटीले ५–२ गोलको जित निकालेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.