पिएसजीविरुद्ध सिटीको पुनरागमन जित

गत सिजनको फाइनलिस्ट पिएसजीविरुद्ध इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइलनको पहिलो लेगमा पुनरागमन जित निकालेको छ। पिएजीको मैदानमा बुधबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीले पिएसजीलाई २–१ले हरायो।

खेलमा सिटीलाई पुनरागमन जित दिलाउन कप्तान केभिन डे ब्रुयन र रियाद महारेजले गोल गरेका थिए भने पिएजीका लागि कप्तान मार्किन्होसले गोल गरेका थिए ।

१५औं मिनेटमै मार्किन्होसले हेडिङ गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। उनले एन्जेल डि मारियाको कर्नरमा गोल गरेका थिए। पहिलो हाफमा सिटीलाई पूर्ण रुपमा दबाबमा राखेको पिएसजीले थप गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेन।

दोस्रो हाफमा भने सिटीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । ६४औं मिनेटमा डे ब्रुयनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । उनले डिबक्सको बायँ भागबाट क्रस निकालेको बल सिधै गोलमा परिणत भएको थियो । ७३औं मिनेटमा रियाद महारेजले फ्रिकिकमा गोल गर्दै सिटीलाई २–१को अग्रता दिलाए ।

७७ औं मिनेटमा पीएसजीका इद्रिसा गुुयले रातो कार्ड पाएपछि पिएसजी झन दबाबमा आएको थियो। सिटीका इल्के गुन्डोडानको खुट्टामा टेकेपछि उनले सिधै रातो कार्ड पाएका थिए । दोस्रो हाफमै सिटीका केही उत्कृष्ट प्रहार पिएसजीका किपर केलर नाभासले बचाउ गरेका थिए।

खेलमा सिटीले ६० प्रतिशत बल पोजेसन बनाउँदै पिएसजीको पोस्टमा ११ सट प्रहार गरेको थियो । जसमध्ये ६ सट फ्रेममा थियो। याता, पिएजसीले १० सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.