रोहितको टिम पेर्सिजाले जित्यो मेन्पोरा कप

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको टिम पर्सिजा जाकर्ताले इन्डोनेसिया मेन्पोरा कपको उपाधि जितेको छ। फाइनलको दोस्रो लेगमा पर्सिब बानडुङलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित जकार्ताले उपाधि जितेको हो।

फाइनलको पहिलो लेगमा जकार्ता २-० ले विजयी भएको थियो। मानाहान रंगशालामा जकार्तालाई जित दिलाउन असभाल्डो अल्डिल्स हे र रिको मिानजुन्तकले एक(एक गोल गरे । यस्तै पर्सिबका लागि फ्रेन्डिन्ड अल्फ्रेडले एक गोल फर्काए ।

नेपालमा गत चैतमा सम्पन्न त्रिदेशीय कप फुटबल प्रतियोगिता खेल्दै रोहित इन्डोनेसिया गएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.