कोपा अमेरिकामा पेरुसँग हार्‍यो कोलम्बिया

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बिया पराजित भएको छ । सोमबार बिहान भएको खेलमा कोलम्बिया पेरुसँग पेरु २–१ ले पराजित भएको हो।

पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–०मै सकियो।

५३औं मिनेटमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । तर ६३औं मिनेटमा कोलम्बियाका येरी मिनाले आत्मघाती गोल गरेपछि पेरु विजयी भयो ।

हारपछि पनि कोलम्बिया समूह एको दोस्रो स्थानमा छ । उसले ३ खेलमा १ र १ बरारबी खेलेको उसको ४ अंक छ । २ खेलमा २ जित नै निकालेको ब्राजिल शीर्ष स्थानमा छ भने पहिलो जित निकालेको पेरु ३ अंकसहित तेस्रो स्थानमा छ।

Facebook Comments Box