पराग्वेलाई पेनाल्टीमा हराउँदै पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

पराग्वेलाई हराउँदै पेरु कोपा अमेरिका फुटबल प्रतियोगिताताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको फाइनलमा पेनाल्टी सुटआउटमा पराग्वेमाथि ४–३को जित निकाल्दै पेरु अन्तिम ४मा पुगेको हो।

निर्धारित ९० मिनेटमो गोल ३–३ गोलको बराबबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टीमा पेरुका लागि जिआनलुका लापाडुला, योसिमर युटिन र रेनाटो टापिया र मिगुइल ट्राउकोले गोल गरेका थिए भने सान्टियागो ओर्मेनोको प्रहार पाराग्वेका किपरले रोकेका थिए ।

यता, पाराग्वेका एन्जेल रोमेरो, जुनियर ओलेन्सो र रोबेर्ट पिरिस डा मोटाले गोल गर्दा डेबिड मार्टिनेज, ब्राइन सामुडिओ र अल्बर्टो स्पिनोलाले गोल गर्न असफल भएका थिए ।

निर्धारित समयमा ११औं मिनेटमा गोस्ताबो गोमेजले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाए । २१औं मिनेटमा गोमेजले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो। ४०औं मिनेटम लापाडुलाले गोल गर्दै खेलमा पेरुलाई पहिलो पटक अग्रता दिलाए ।

५४औं मिनेटमा जुनियर अलोन्सोले गोल गर्दै खेलालाई २–२ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा योटुनले गोल गरेपछि पेरुले ३–२को अग्रता लियो । ९०औं मिनेटमा ग्याब्रिअल अभालोसले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए।

खेलको अन्त्य भने दुवै टिमले १० खेलाडीमा रहेर गरे। पाराग्वेका गुस्ताभो गोमेजले पहिलो हाफकै इन्जुरी समयमा रेडकार्ड पाएका थिए भने पुरुका आन्द्रे क्यारिल्लोले ८५औं मिनेटमा रेडकार्ड पाएका थिए।

Facebook Comments Box