सुरु भयो प्रिमियर लिग, आर्सनलमाथि सिटीको सहज जित

कोरोना भाइरसका कारण तीन महिनादेखि रोकिएको इंग्लिस प्रिमियर लिग (इपिएल) बुधबारबाट सुरु भएको छ । बुधबार राति १०ः४५ मा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेलसँगै इपिएल तीन महिनापछि सुरु भएको हो ।

एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिँदा एत्तिहाद रंगशालमा म्यान्चेस्टर सिटीले आर्सजनमाथि सहज जित निकाल्यो । सिटीले घरेलु मैदानमा १० खेलाडीमा सीमित आर्सनललाई ३–०ले हरायो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ, केभिन डे ब्रुयने र फिल फोडेनले गोल गरे। पहिलो हाफाको इन्जुरी समयमा स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमै दुई खेलाडी सफ्टिच्युट गर्नुपरेपछि आर्सनल दबाबमा आएको थियो ।

सफ्टिच्यूटकै रुपमा मैदान प्रवेश गरेका ब्राजिलियन डिफेन्डर डेविड लुइसले ४९औं मिनेटमा रेडकार्ड पाएपछि आर्सलन झन दाबबमा आएको थियो । लुइसले सिटीका रियाद महारेजलाई डिबक्समा तानेर लडाएपछि सिधै रेडकार्ड पाए र सिटीले पेनाल्टी पायो । सोही अवसरमा डे ब्रुयनेले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको अतिरिक्त समयमा फोडेनले गोल गरेपछि म्यान्चेस्टर सिटीलाई ३–० को जित दिलाए। उनले सर्जियो अगुएरोले प्रहार गरेको बल आर्सलनका किपरले रोकेपछि आएका रिबाउन्ड बलमा गोल गरेका थिए ।

खेलमा सिटीले ६५ प्रतिशत बल पोजेसन बनाउँदै आर्सलनको पोस्टमा १७ सट प्रहार गरेकोमा ११ सट फ्रेममा थियो । यता, आर्सनलले कुनै पनि सट फ्रेममा प्रहार गर्न सकेन । उसले ३ सट प्रहार गरेको थियो ।

जितपछि सिटीको २९ खेलमा ६० अंक भएको छ । र, उ दोस्रो स्थानमा छ । आर्सनलको भने ४० अंकका साथ नवौं स्थानमा छ। लिभरपुलको ८२ अंकका साथ शीर्ष स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.