ब्राजिलियन विंगर फिलिपे काउटिन्हो कतारी क्लब अल दुहाइलमा आबद्ध भएका छन्। ३१ वर्षीय काउटिन्हो इंग्लिस क्लब एस्टनभिल्लाबाट लोनमा कतारी क्लबमा आबद्ध भएका हुन्।
अघिल्लो सिजन बार्सिलोनाबाट २० मिलियन पाउण्ड भिल्लाको स्थायी बनेका काउटिन्होले उनाइ एमेरीको आगमनसँगै कमैमात्र अवसर पाएका थिए। यो सिजन पनि पर्याप्त अवसर नपाउने देखेपछि काटिन्होले भिल्ला छाडेका हुन्।
अल दुहाइलमा काउटिन्होले ९ नम्बरको जर्सी लगाउने छन्। १२ टिम सहभागी कतार स्टार लिगमा अल दुहाइल तेस्रो स्थानमा छ। उसले ३ खेलमा २ जित र १ बराबरी खेलेको छ।
अर्को इंग्लिस क्लब लिभरपुलमा ६ सिजन बिताउँदै उत्कृष्ट प्रशर्दन गरेपछि उनी सन् २०१८मा १३५ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोना पुगेका थिए। तर, बार्सिलोनामा भने काउटिन्हो चल्न सकेनन्। उनलाई गलत पोजिसनबाट खेलाएको भन्दै बार्सिलोनाको आलोचना पनि भएको थियो।
लिभरपुलका लागि उनले २०१ खेलमा ५४ गोल गरेका थिए भने बार्सिलोनामा उनले १०६ खेल खेल्दै २६ गोल गरेका थिए।