ब्रिगेड बोइजसँग रोकियो पुलिस

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लब ब्रिगेड बोइज क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा ब्रिगेड बोइजका रोशन राना मगरले गोल गरेका थिए भने पुलिसका बुद्ध तामाङले गरेका थिए । दुवै गोल सुरुवाती चार मिनेटभित्रै सम्भव भएको थियो।

ब्रिग्ेड बोइजले खेको दोस्रो मिनेटमै अग्रता लियो । उसका रोशन राना मगरको गोल गरेका थिए । तर, दुई मिनेट नबित्दै पुलिसले बराबरी गोल फर्कायो । चौथो मिनेटमा पुलिसका बुद्ध तामाङले गोल गरेको थिए।

त्यसपछि खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीपछि ८ खेलमा ७ अंक जोड्दै पुलिस ११ औं स्थानमा यथावत छ । ब्रिगेड बोइज ६ अंक जोड्दै १२ औं स्थानमा छ।

Facebook Comments Box