रोनाल्डोविनाको पोर्चुगलको सानदार जित, क्रोएसिया ४–१ले पराजित

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविना नै मैदान उत्रिएको डिफेन्डिङ च्याम्पिय पोर्चुगलले युइएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । चोटका कारण रोनाल्डोले अनुपस्थिति शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१को सानदार जित निकालेको हो ।

केही दिनअघि एक्सरसाइजका क्रममा खुट्टाका औंलामा चोट लागेपछि रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाएका थिए । उनले स्वीडेनविरुद्धको आगामी खेल भने खेल्ने बताइएको छ । पोर्चुगललाई सानदार जित दिलाउने क्रममा जोआ क्यान्सेलो, डिएगो जोटा, जोआ फेलिक्स र आन्द्रे सिल्भाले गोल गरेका थिए भने क्रोएसियाका ब्रुनो पेटोकोभिचले सान्त्वना गोल गरेका थिए ।

खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ४ गोल भएको थियो । सुरुवातदेखि नै क्रोएसिया माथि दबाब दिएको पोर्चुगलले पहिलो हाफमा ५÷६ गोलका राम्रा अवसर खेर फालेको थियो । क्रोएसियाका किपरले केही उत्कृष्ट बचाउ गरेका थिए । फेलिक्स, जोटा, राफेल गुइरेरोका केही प्रहार पोस्टामा लागेका थिए ।

४१औं मिनेटमा पोर्चुगलले सुरुवाती अग्रता लियो । ब्रुनो फर्नाडेसको पासमा डिबक्सब बाहिरबाट क्यान्सेलोले उत्कृष्ट गोल गरेका थिए । ५८औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर बनायो । गुइरेरोको पासमा डिएगो जोटाले गोल गरेका थिए ।

७०औं मिनेटमा युवा स्ट्राइकर फेलिक्सले बर्नार्डो सिल्भाको पासमा गोल गर्दै पोर्चुगलको अग्रता तेब्बर बनाए । जोटा र फेलिक्सको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । पोर्चुगलका लागि फेलिक्सले ६ र जोटाले २ खेल खेलेका छन् ।

दोस्रो हाफको मध्यतिर ब्रोजेभिच र इभान पेरेसिज मैदान छिरेपछि क्रोएसियाले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । फलस्वरुप उसका पेटकोभिचले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै अग्रता कम गरे । तर, इन्जुरकी सयमकै अन्तिम मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाइृ ४–१को सहज जित दिलाए ।

नेसन्स लिगको लिग ए को समूह ३ मा रहेको पोर्चुगल जितसँगै शीर्ष स्थानमा उक्लिएको छ । स्वीडेनलाई पराजित गरेको फ्रान्स दोस्रो स्थानमा छ । अब पोर्चुगलले स्वीडेन र फ्रान्स र क्रोएसियासँग खेल्ने छन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको पोर्चुगलका लागी खेलको ५८ औ मिनेटमा डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर बनाए । यस्तै खेलको ७० औ मिनेटमा जोयो फीलीक्सले पोर्चुगलका लागि तेश्रो गोल गरे ।

खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा क्रोएसीयाका ब्रुनो पेटोकोभीकले सान्तवना गोल गर्दा अन्तिम मिनटमा र्पोचुगलका आन्द«े सिल्भाले गोल गरे ।

क्रोएसीयामाथि ४–१ को जित निकालेको र्पोचुगल समुहको अंक तालिकाको शिर्ष स्थानमा छ भने फ्रान्स दोश्रो,स्विडेन तेश्रो र क्रोएसिया पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP