युरोकपका लागि रोनाल्डोको नेतृत्वमा पोर्चुगिज टिम घोषणा

आसन्न युरोपकम फुटबलका लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलले आफ्नो टिम घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले शुक्रबार स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा २६ सदस्यीय टिम घोषणा गरेका हुन् ।

पोर्चुगिज टिममा २०१६ मा फ्रान्सलाई हराउँदै युरो च्याम्पियन बन्दाका रोनाल्डो, पेपे, जोआ माउटिन्हो, राफाइल गुइरेरो, जोस फोन्टे, रुइ प्याट्रिसियोलगायत खेलाडी छन् । यस्तै, जोआ फेलिक्स, बर्नान्डो सिल्भा, डिएगो जोटा, आन्द्रे सिल्भा, रुबेन डियास, जोआ कान्सेलो, ब्रुनो फर्नान्डेसलगायतका खेलाडी पर्दा युवा स्ट्राइकर पेड्रो कोनकाल्भ्सले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

यस्तै, अघिल्लो युरोकपमा उत्कृष्ट युवा खेलाडी बनेका रोनाटो सान्चेजले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। यस्तै गोन्कालो गुइडेसल पनि राष्ट्रिय टिममा पुनरामगन गरेका छन्।

११ जुनदेखि ११ जुलाईसम्म युरोपका विभिन्न ११ सहरमा आयोजना हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पोर्चुगल सूमह एचमा छ । ग्रुप अफ डेथका रुपमा राहेको यो समूहमा अघिल्लो सिजनको फाइनलिस्ट तथा विश्वविजेता फ्रान्स, जर्मनी र हंगेरी छन्।

पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्दै उपाधि रक्षाको अभियान सुरु गर्ने छ। उसले दोस्रो खेल १९ जुनमा जर्मनी र २४ जुनमा फ्रन्ससँग खेल्ने छ।

यस्तो छ पोर्चुगिच टिम

गोलकिपरः रुइ फ्याट्रिसिओ (वुल्भ्स), एन्टोनी लोपेज (लियोन), रुई सिल्भा (ग्रानडा) ।

डिफेन्डरः जाओ कान्सेलो (म्यान्चेस्टर सिटी), नेल्सन सेमेडो (वुल्भ्स), जोस फोन्टे (लिले), पेपे (पोर्टो), रुबेन डियास (म्यान्चेस्टर सिटी), नुनो मेन्डेज (स्पोर्टिङ सिपी), राफेल गुरेइरो (बोरुसिया डर्टमन्ड) ।

मिडफिल्डरः डानिलो परेइरा (पिएसजी), जोआ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुबेन नेभेज (बुल्भ्स), ब्रुनो फर्नान्डेस (म्यान्चेस्टर युनाइटेड), जोआ माउटिन्हो (वुल्भ्स), रेनाटो सान्चेज (लिले), सर्जिओ ओलिभिएरा (पोर्टो), विलियम कार्भाल्हो (रियल बेटिस) ।

फरवार्डः क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स), पेड्रो गोनकाल्भ्स (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (फ्रांकफर्ट), बर्नार्डो सिल्भा (म्यान्चेस्टर सिटी), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुएडेज (भ्यालेन्सिया), जोआ फेलिक्स (एट्लेटिको मड्रिड), राफा सिल्भा (बेन्फिका) ।

Facebook Comments Box