मैत्रीपूर्ण खेलमा इजरायलमाथि पोर्चुगलको सहज जित

युरोकपको पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित निकालेको छ । बुधबार राति भएको भएको खेलमा पोर्चुगलले इजरायलमाथि ४–०को जित निकालेको हो।

पोर्चुगललाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक गोल गरे।

४२औं मिनेटमा ब्रुनोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि नै रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । यो रोनाल्डोको १०४औं अन्तर्राष्ट्रिय गोल हो। अब उनी सर्वाधिक अन्तर्राष्ट्रि गोल गर्ने कीर्तिमान भंग गर्न ६ गोलले मात्र पछि छन् ।

दोस्रो हाफको अन्त्यतिर पोर्चुगलले दुई गोल थप्यो । ८६औं मिनेटमा कान्सेलोले गोल गरे भन् इन्जुरी टाइममा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल ४–०ले विजयी भयो।

पोर्चुगल युरोकपमा सबैभन्दा कठीन समूह एफमा छ । यो समूहमा पोर्चुगलसँगै विश्वविजेता फ्रान्स, जर्मनी र हंगेरी छन्। १५ जुनमा हंगेरीसग खेल्दै पोर्चुगलले उपाधि रक्षाको अभियान थाल्ने छ।

युरोकप शुक्रबार देखि सुरु हुँदैछ । साविक विजेतासमेत रहेको पोर्चुगल यस पटक ग्रुप अफ डेथमा छ । समूह एफमा पोर्चुगलसँगै विश्वविजेता फ्रान्स, जर्मनी र हंगेरी छन् ।

Facebook Comments Box