पुलिस छाड्दै मनाङ आए डिफेन्डर प्रवेश

ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले डिफेन्डर प्रवेश कुँवर दनुवारलाई अनुबन्धन गरेको छ। मनाङले उनलाई नेपाल पुलिस क्लबबाट अनुबन्धन गरेको हो।

मनाङबाटै करिअर सुरु गरेको प्रवेश २ सिजन सिजन पुलिसमा बिताउँदै मनाङ फर्किएका हुन् । २०७५मा मनाङ लिग च्याम्पियन बन्दा प्रवेश मनाङमै थिए। मनाङसँग सम्झौता गरेपछि २५ वर्षीय प्रवेशले पुरानै क्लब फर्कन पाउँदा खुसी लागेको बताए।

आठौं पटक लिग जित्ने योजना बनाएको मनाङले पोर्चुगिज डिफेन्डर विल कार्भाल्हो र मिडफिल्डर रुपेश केसीलाई अनुबन्धन गरेको छ। कात्तिक २९ गतेबाट सुरु हुने लिगमा मनाङले मंसिर १ गते जावलाखेल युथ क्लबविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

Facebook Comments Box