ललितपुरले बर्खास्त गर्‍यो प्रशिक्षक

नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरमा खराब प्रदर्शन गरेपछि ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेको छ।

आइतबार साँझ भएको खेलमा पोखरा थन्डर्ससँग निराशाजनक बरारबी खेलेपछि ललितपुरले हुमागाईंलाई बर्खास्त गरेको हो। उनी नेपाल सुपर लिगमा बर्खास्तीमा पर्ने पहिलो प्रशिक्षक बने ।

हुमागाईंलाई प्रशिक्षकबाट हटाउँदै ललितपुरले सहायक प्रशिक्षक राजु तामाङलाई टिम हेर्ने जिम्मेवारी दिएको छ।

प्रतियोगिताका ३ खेलमा ३ अंक जोडेको ललितपुर पुछारबाट दोस्रो स्थानमा छ। उ अझै जितबिहीन छ ।

पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनसँग १–१ गोलको बरारबी खेलेको थियो भने दोस्रो खेलमा चितवनसँग १–१ को बराबरी खेलेको थियो । ललितपुरले तेस्रो खेलमा धनगढीसँग १–१ कै बराबरी खेलेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.