प्रकाश बुढाथोकीले आईलिग खेल्ने

नेपाली राष्ट्रिय टिमका मिडफिल्डर प्रकाश बुढाथोकीले भारतीय लिग ‘आई लिग’ खेल्ने भएका छन् । प्रकाश मणिपुरको क्लब नेरोका एफसीसँग आबद्ध भएका हुन् ।

आई लिग खेल्न लागेका २७ वर्षीय मिडफिल्डर प्रकाशलाई धरान फुटबल क्लबले बिदाई गरेको छ । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै प्रकाशलाई बिदाइ गरे ।

यो सिजन नै आई लिग खेल्ने प्रकाश दोस्रो नेपाली खेलाडी हुन् । राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ पञ्जाबको राउन्ड ग्लासबाट आई लिग खेलिरहेका छन् ।

नेरोका एफसी भारतको ए डिभिजन लिग खेल्ने क्लब हो । आई लिगमा ४ खेलमा ४ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ । उसले १ जित, १ बराबरी र २ हारको सामना गरेको छ ।

थ्री स्टार, मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका प्रकाशले सन् २०१३ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । राष्ट्रिय टिमबाट उनले ६ खेल खेलका छन् । भारतमा भएको १२औं सागको स्वर्ण प्रकाश नेपाली टिमका मुख्य खेलाडी थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.