प्रकाश बुढाथोकी फ्रेन्ड्स क्लबमा, पाए कप्तानको जिम्मेवारी

मिडफिल्डर प्रकाश बुढाथोकीले फ्रेन्ड्स क्लबबाट ए सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। फ्रेन्ड्स क्लबले सोमबार प्रकाशलाई क्लबका खेलाडीका रुपमा सार्वजनिक गरेको हो।

फ्रेन्ड्सले २८ वर्षीय मिडफिल्डर प्रकाशलाई आसन्न ए डिभिजन लिगका लागि अनुबन्धन गरेको छ । फ्रेन्ड्समा उनले ७ नम्बरको जर्सी लगाउने छन्।

राष्ट्रिय टिमबाट पनि प्रतिनिधित्व गरिसेका प्रकाशले यसअघि सन् २०११ देखि १३ सम्म पनि फ्रेन्ड्सबाट खेलिसकेका छन् । उनले सन् २०१३ देखि २०१८सम्म थ्री स्टार क्लबबाट खेलेका थिए। उनले मनाङ मर्स्याङ्दी र एनआरटीबाट पनि खेलेका छन्।

अघिल्लो सिजन उनले भारतको आईलिग पनि खेलेका थिए । नेरोका एफसीबाट उनले आईलिगका ६ खेल खेलेका थिए ।

यसैगरी प्रकाशलाई अनुबन्धन गरेसँगै फ्रेन्ड्सले कप्तानको जिम्मेवारी पनि दिएको छ। आफ्ना नियमित कप्तान सरोज लामा फ्रेन्ड्स छाड्दै मनाङ मर्स्याङ्दी लागेपछि प्रकाशलाई कप्तानको जिम्मेवारी दिइएको हो।

Facebook Comments Box