प्रि सिजन टुरमा बार्यन पराजित, रोकियो आर्सनल

सिजनको तयारीका लागि खेलिने प्रि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ।

शनिबार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३(२ गोल अन्तरले पराजित भएको हो। एमएस टेक्नोलोजी एरिनामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो।

खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, २० औं मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

यसैगरी इंग्लिस क्लब आर्सनल प्रिसिजन टुरमा स्कटिस क्लब रेन्जर्ससँग बराबरीमा रोकिएको छ। शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २(२ गोलको बराबरी खेलेको हो।

घरेलु टोलिविरुद्ध दुई पटकको अग्रता उल्टाएर आर्सनलले बराबरी खेलेको हो। इब्रोक्स स्टेडियममा खेलको १४ औं मिनेटमा लिओन बालोगुनले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए।

खेलको २३ औं मिनेटमा नुनो ताभरेसले गोल गर्दै आर्सनललाई १(१ गोलको बराबरीमा फर्काए । खेलको ७५ औं मिनेटमा सेड्रिक इट्टेनले गोल गर्दै रेन्जर्सलाई २-१ को अग्रता दिलाए।

तर, खेलको ८३ औं मिनेटमा आर्सनलका एड्वार्ड एनकेटीयाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए।

Facebook Comments Box