पोर्चुगल र स्पेनले खेले बराबरी, मेक्सिकोसँग हार्‍यो नेदरल्यान्ड्स

मैत्रीपूर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा दुवै टिमले गोल सुनौलो अवसर खेर फाल्दा गोलरहित बराबरी खेले ।

खेलको पहिलो हाफ स्पेनले दबाब बनाएको थियो । यसले पोर्चुगलको पोस्टमा केही सट प्रहार पनि गरेको थियो । तर, पोर्चुगलका किपर रुइ प्याट्रिसियोले बचाएका थिए ।

दोस्रो हाफमा प्रशिक्षक फर्नान्डो सान्तोयाले बर्नार्डो सिल्भा, रुविन डियास र विली काल्भार्हो मैदान छिराएपछि पोर्चुगलले सुधारिएको प्रदर्शन गरेको थियो । क्रिस्टयानो रोनाल्डो र रेनाटो सान्चेजको दुई प्रहार पोस्टमा ठोकिँदा पोर्चुगलले अग्रता लिने अवसर गुमायो । त्यसपछि दुवै टिमका एक–एक उत्कृष्ट प्रहार किपरले बताएका थिए ।

करिब ५० हजार दर्शक क्षमताको जोस अलवलेड स्टेडियममा करिब २५ सय दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो । दुवै टिम सन् २०१८ को विश्वकप पछि पहिलो पटक मैदानमा भेटिएका थिए । रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगलले विश्वकपमा स्पेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

यसैगरी नेदरल्यान्ड्स भने उत्तर अमेकिरी टिम मेक्सिकोसँग १–०ले पराजित भएको छ । राहुल जिमिनेजले ६०औं मिनेटमा पेनाल्टीमा गरेको निर्णायक गोल मद्दतमा मेक्सिकोले नेदल्यान्ड्सलाई १–०ले पराजित गरेको हो ।

बुधबार राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकले साइप्रसलाई २–१ ले, डेनमार्कले फरोई आइसल्याण्डलाई ४–० ले, लिथुनियाले इस्टोनियालाई ३–१ ले र माल्टाले गिब्रालटारलाई २–० ले हराए । यस्तै, पोल्याण्डले फिनल्याण्डलाई ५–१ ले, ग्रिकले अष्ट्रियालाई २–१ ले र लिचेस्टाइनले लक्जमबर्गलाई २–१ ले पराजित गर्दा मोन्टेङग्रो र लात्भियाले १–१ गोलको बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP