लियोनसँग रोकियो पिएसजी

११ सिनियर खेलाडीविना मैदान उत्रिएको पिएसजी लिग वानमा बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा पिएसजी लियोनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

चोट र अन्तर्राष्ट्रिय ड्युटीका कारण पिएसजीले लियोनविरुद्ध सिनियर ११ खेलाडीविना खेलेको हो। उसका एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, लेभिन कुर्जावा, जियानलुइजी डोन्नररुम्मा, लियोनले मेस्सी, एलेसान्द्रे लिटेलएिर र नेयमार चोटका कारण टिम बाहिर थिए ।

यस्तै, अचरफ हाकिमी, एबोउ डियालो र इड्रिसा गुआई अफ्रिकन कप अप नेसन्स खेल्न क्यामरुन गएकाले टिममा थिएनन्।

खेलमा अग्रता लियोनले लियो । ७औं मिनेटमा लियोनका लागि लुकास पक्वेटाले गोल गरे । ७६औं मिनेटमा थियो खेररले गोल गर्दै पिएसजीलाई हारबाट जोगाए।

बराबरी पछि पनि पिएसजी ४७ अंकसहित शीर्ष स्थानमै छ । लियोन भने २५ अंकसहित ११औं स्थानमा छ।

Facebook Comments Box