च्याम्पिन्स लिगमा पिएसजी र म्यान्चेस्टर युनाइटेड पराजित

Read Time:2 Minute

च्याम्पियन्स लिग फुटबलमा गत सिजनको फाइनलिस्ट पिएसजी र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड पराजित भएका छन् । बुधबार राति भएको खेलमा पिएसजी जर्मन क्लब आरबी लेइपजिगसँग २–१ले स्तब्ध भयो भने म्यान्चेस्टर युनाइटेड पनि स्तानबुल बासाकेसिरसँग २–१ले नै पराजित भयो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी पराजित भयो । छैठौं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पिएसजीकै पूर्वखेलाडी क्रिस्टोफर एनकुन्कुले ४१औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफ १–१का बराबरीमै सकियो । इमिल फोर्सबर्गले खेलको ५७औं मिनेटमा गोल गर्दै लाइपजिगलाई २–१को अग्रता दिलाए। ६९औं मिनेटमा इद्रिसा गुयेले रातो कार्ड पाएपछि पिएसजी दबाबम आयो । इन्जुरी समयमा पर्सनल किम्पेम्बेले रातो कार्ड पाएपछि पिएसजीले ९ खेलाडीमा रहेर खेलको अन्त्य गर्यो ।

यो पिसजीको दोस्रो हार हो। यअसघि पिएसजी च्याम्पियन्स लिगको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडसँग पनि पारजित भएको थियो ।

यसैगरी समूह ‘एच’ कै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्तानबुल बासाकेसिरसँग २–१ गोलले नै पराजित भएको छ। खेलको १२औं मिनेटमा डेम्बा बाले गोल गर्दै स्तानबुललाई अग्रता दिलाए।

४० औं मिनेटमा इडिन भिस्काले गोल गरेपछि म्यानचेस्टर युनाइटेडविरुद्ध स्तानबुलले २–० गोलको अग्रता बनायो। खेलको ४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याएपनि म्यानचेस्टर युनाइटेड बाँकी समयमा खेल फर्किन सकेन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा
Next post मोराटा चम्किँदा युभेन्ट्स विजयी
Close