मेसी, नेमार र एम्बाप्पेलाई मैदान उतार्दा पनि हार्‍यो पिएसजी

लियोनल मेसी, नेमार र कियिलिय एम्बाप्पेलाई मैदानमा हुँदा पनि फ्रेन्च लिग वानमा पिएसजी पराजित भएकोछ । आइतबार भएको खेलमा पिएसजी रेनेससँग २–०ले पराजित भयो।

घरेलु मैदानमा पिएसजीविरुद्ध रेनेसलाई जित दिलाउन गाइटान लाबोर्डे र फ्लाविन टाइटले गोल गरेका थिए । पिएसजीविरुद्ध रेनेसले दुवै हाफमा गोल गरेको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा लाबोर्डेले गोल गर्दै रेनेसलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको पहिलो मिनेटमै रेनेसले अग्रता दोब्बर बनायो । ४६औं मिनेटमा उसका टाइटले गोल गरेका थिए ।

खेलअवधि भर रेनेसमाथि दबाब बनाए पनि पिएसजी गोल गर्न असफल भयो। किलियन एम्बाप्पेले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलमा ६८ प्रतशित बल पोजेसन बनाएको पिएसजीले १३ सट प्रहार गरे पनि कुनै पनि सट फ्रेममा थिएन । यता, रेनेसले १२ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

लिग वानमा पिएसजीको पहिलो हो। ९ खेलमा २४ अंक जोडेको ऊ शीर्ष स्थानमै छ । रेनेस१२ अंकसहित आठौं स्थानमा छ।

Facebook Comments Box