मेसी र नेमारविना पिएसजीको सहज जित

Read Time:1 Minute

फ्रेन्च लिग वानमा पिएसजीले सहज जित निकालेको छ। आफ्ना स्टार खेलाडीहरु लियोनल मेसी र नेमार जुनियर बिनै मैदानमा उत्रिएको पिएसजीले क्लेर्मोन्ट फुटलाई ४–०ले हरायो।

बिहीबार राति मात्र विश्वकप छनोट खेल खेलेका प्रशिक्षक माउरिसियो पोचेटिनोले मेसी र नेमारलाई आराम दिएका थिए।

पिएसजीको जितमा आन्द्रे हरेराले २ गोल गरे भने किपियन एम्बाप्पे र इद्रिसा गुइएले समान १ गोल गरे । पिएसजीले दुवै हाफमा समान २ गोल गरेको थियो ।

हरेराले २० र ३१ औं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुआतमै २–०को अग्रता दिलाए । त्यसपछि ५५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ३–०को अग्रता दिलाए। ६५औं मिनेटमा गुइएले गोल गरेपछि पिएसजीले ४–०को जित निकाल्यो।

यही खेल मार्फत जिआनजुइजी डोनारुमाले पिएससजीका लागि डेब्यू गरे । उनी यसै सिजन एसी मिलानबाट फ्रि टान्सफारमा पिएसजी आएका थिए।

खेलमा पिएसजीले ५२ प्रतिशत बल पोजेसन बनाउँदै क्लेर्मोन्टको पोस्टमा १३ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो । यता, क्लोर्मोन्टले १४ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

यस्तै, लिग वानकै अन्य खेलमा डिफेन्डिङ च्याम्पियन लिले पराजित भएको छ । शनिबार राति भएको खेलमा लिले लोरियन्टसँग २–१ले पराजित भएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लुकाकु चाम्किँदा चेल्सी विजयी, लेस्टरविरुद्ध म्यान्चेस्टर सिटीको जित
Next post हालान्ड चम्किँदा लेभरकुसेनमाथि डर्टमन्डको रोमाञ्चक जित
Close