एम्बाप्पेले दुई गोल गर्दा पिएसजी विजयी

युवा स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसज) कोपा डे फ्रान्सको अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा एम्बाप्पेको दुई गोल मद्दतमा ब्रेस्टलाई ३–० ले हराउँदै पिएसजले अन्तिम १६ को यात्रा तय गरेको हो ।

पिएसजलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे भने पाब्लो साराबियाले एक गोल थपे । खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा साराबियाले गोल गर्दै पिएसजलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजलाई ३–० को जित दिलाए ।

यस्तै लियोन पनि कोपा डे फ्रान्सको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम १६मा पुग्ने क्रममा लियोनले सोसुकमाथि ५–२ को जित निकाल्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.