मेसी भित्र्याउने दाैडमा पिएसजी अगाडि !

Read Time:4 Minute

बार्सिलोनासँग सम्झौतको नवीकरणको नजिक रहेका अर्जेन्टिनी स्टार लियोनल मेसीले अन्नतः बार्सिलोना छाडेका छन्। बार्सिलोना र मेसीले बीच आजै नयाँ सम्झौता हुने बताइएको थियो ।

तर, अन्तिम समयमा बार्सिलोना र बार्सिलोनाबीच सम्झौता हुन सकेन । र, १७ वर्षपछि मेसी नचाहँदा नचाहँदै बार्सिलोना छाड्न बाध्य भए । बार्सिलोनाले वित्तितीय तथा संरचनात्मक अवरोधका कारण मेसीसँग सम्झौतान नवीकरण हुन नसकेको बताएको छ ।

विश्वकै उत्कृष्ट र महान खेलाडीलाई क्लबमा राख्न नसक्दा बार्सिलोना दुःखी भएको छ। बार्सिलोनाले मेसीको सुखद् भविष्यको कामना गर्दै सफलताको शुभकामना दिएको छ। गत जुलाई १ मै मेसीको बार्सिलोनासँगको सम्झौता सकिएको थियो।

बार्सिलोनासँग मेसीको सम्झौता नवीकरण हुन नसकेपछि मेसी अब कहाँ जान्छन् भन्ने चर्चा र चाचो फुलटबल प्रेमीमा व्यापक भएको छ। मेसीले बार्सिलोना छाडेपछि उनको सम्भावित गन्तव्यका रुपमा फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हेरिएको छ।

यसैसन्दभएमा फुटबल बेटिङसम्बन्धी वेबसाइट बेटफेयरका मेसीले पिएसजी जाने सम्भावना सर्वाधिक छ । त्यसपछि मात्र सिटीका आउने उसले उल्लेख गरेको छ। तर, दुवै क्लबलाई मेसी भित्र्याउन भने त्यतिसजह हुने छैन, किनभने उनको तलब निकै उच्च छ ।

यो सिजन ट्रान्सफरमा थुप्रै रकम खर्चिएको पिएसजीले मेसीलाई भित्र्याउने हो भने किलियन एम्बाप्पे बेच्नु पर्ने निश्चित जस्तै छ। यो सिजन नै उसले फ्रि टान्सफरमा सर्जियो रामोस, जर्जिनियो विज्नाल्डम र जियानलुइजी डोनारुमा भित्र्याएको थियो भने इन्टर मिलानबाट डिफेन्डर अर्चरफ हाकिमीलाई भित्र्याएको छ ।

मेसी भित्र्याउन पिएसजी किन पनि नजिक छ भने उसको एकमात्र लक्ष्य हो च्याम्पियन्स लिग जित्नु । त्यसका मेसी लागि जत्तिको उपयुक्त पात्रहरु हुनै सक्दैनन् । यस्तै, पूर्वसहकर्मी नेमारसँगको मेसीको घनिष्ट सम्बन्धका कारण पनि उनी पिएसजी जाने सम्भावना प्रवल छ ।

मेसी पिएसजी जाने हो भने उसले फ्रेन्च स्ट्राइकर केलियन एम्बापे स्पेनिस क्लब रियल मड्रिडलाई बेन्चु पर्ने हुन्छ । रियल पनि एम्बाप्पे भित्र्याउन आतुर छ। त्यसले पिएसजीले मेसीको तलबका लागि ठूलो रकम जम्मा हुन्छ।

यता, सिटीमा पनि स्टार खेलाडीको बाहुल्यता छ। यस्तै, उसले बिहीबार मात्रै एस्टनभिल्लाबाट १ सय मिलियन युरो तिरेर मिडफिल्डर ज्याक ग्रेलिसलाई अनुबन्धन गरेको छ। उ टोनटहमका ह्यारी केन भित्र्याउने तयारीमा पनि छ।

यदि मेसी सिटी आउने हो भने उसले केल भित्र्याउने छैन भने बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र रियाद महारेजमध्ये २ खेलाडी बेच्ने निश्चत जस्तै छ। मेसी पेप ग्वार्डिओलाका प्रिय खेलाडी भएकाले पनि उनी सिटी जाने सम्भावना धेरै छ।

‘जारी विन्डोमा केही ठूला ट्रान्सफरको कुरा आइरहेको छ। तर, मेसीले बार्साछाडेपछि सबैको ज्यान मेसीमा केन्द्रित भयो। यसले अन्य ट्रान्सफरलाई छायाँमामा पारेको छ,’ वेटफेयरका प्रवक्ता साम रसबटमले भने।

उनले अघिल्लो सिजन मेसी भित्र्याउने सम्भाना सिटीको बढी भएपनि यो सिजन पिएसजी अगाडि रहेको बताए। अघिल्लो सिजन मेसी भित्र्याउन इटालियन क्लब इन्टर मिलानले पनि चासो देखाएका थियो। तर, यो सिजन इन्टर आर्थिक संकटमा रहेको मेसी भित्र्याउने रेसमा ऊ हुने छैन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नचाहँदा–नहचाहँदै मेसीले छाडे बार्सिलोना
Next post ग्रेलिस बने प्रिमियर लिगका सर्वाधिक महँगा खेलाडी
Close