पिएसजीको उपाधि आशा जिवितै, उपाधिको छिनोफानो अन्तिम खेलमा

रेइम्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्यिन्स पिएसजीले उपाधि आशालाई जिवितै राखेको छ । आइतबार राति भएको खेलमा पिएजसीले रेइम्सलाई ४–०ले हराउँदै उपाधि आशालाई जिवितै राखेको हो।

शीर्ष स्थानमो लिले भन्दा पीसजी एक अंकले मात्र पछि छ । पिएसजीको ७९ र लिलेको ८० अंक छ। लिले सेन्ट एटिएनेसंग गोलरहित बराबरीमा रोका पीएसजीलाई फाइदा पुगेको हो । अन्तिम खेलमा लिलेले अंक गुमाए र विजयी विजयी भए ऊ च्याम्पियन बन्ने छ। अन्तिम खेलमा पिएसजीले ब्रेस्ट र लिलेले एन्जर्ससँग खेल्ने छ।

गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन नेमार, किलियन एम्बाप्पे, मार्क्विन्होस र मोईस केनले गोल गरे । खेलको १०औं मिनेटमै युनिस अब्देलहमिदले रातो कार्ड पाएपछि रेइम्स १० खेलाडीमा समेटिएको थियो । त्यसैको फाइदा पीएसजीले उठायो ।

युनिसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए भने पीएसजीलाई पेनाल्टी दिए । जसमा नेमारले १३औं मिनेटमा सहजै गोल गर्दै अग्रता दिलाए । २४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि पीएसजीले दुई गोल थप्यो । ६८ औं मिनेटमा मार्क्विन्होसले गोल गरेपछि पीएसजीले ३(० को अग्रता बनायो । ८९औं मिनेटमा मोइस केनले पीएसजीका लागि चौथो गोल गरे ।

Facebook Comments Box