नेमार बार्सिलोनाविरुद्ध नखेल्ने

फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार स्ट्राइकर नेमारले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग पनि गुमाउने भएका छन्। चोटका कारण नेमारले घरेलु मैदामा आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका हुन्।

नेमारलाई खेलाएर रिस्क नलिने भन्दै उलाई बार्सिलोनाविरुद्धको खेल नेमारले नखेल्ने पिएसजीले जनाएको छ। नेमारले अघिल्लो सातादेखि प्रशिक्षण थाले पनि पूर्ण रुपमा फिट नभइसकेकाले रिस्क लिन नचाहेको प्रशिक्षक माउरिसियो पोचेटिनोले बताएका छन्।

नेमार फेब्रुअरी १० यता मैदान बाहिर छन् । फ्रेन्च कप अन्तर्गत अन्तिम ३२को केइनविरुद्धको खेलमा नेमार घाइते भएका थिए।

यसअघि नेमारले चोटकै कारण क्याम्प नेउमा भएको च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेग पनि गुमएका थिए्। नेममारविनै मैदात उत्रिएको पिएसजीले बार्सिलोनामाथि ४–१को सानदार जित निकालेको थियो।

पिएसजी र बार्सिलोनाबीचको अन्तिम १६को दोस्रो लेग खेल बुधबार राति हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.