एम्बाप्पे चम्किँदा पिएसजी फ्रेन्च कपको फाइनलमा

युवा स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि मोन्टपेलियरलाई पेनाल्टीमा सुटआउटम ८–७ले पराजित गर्दै पिएसजी फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्किन्होस र मोइस किनले गोल गरेका थिए भने मोन्टपेलियरका तेजी, एन्डी डोलेर्ट ,स्टेफी, मिहाइलो, लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया गोल गर्न चुकेका थिए ।

त्यसअघि खेलको १०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लाबोर्डेले गोल गर्दै मोन्टपेलियरलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ५० औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । तर, खेलको ८३ औं मिनेटमा मोन्टपेलियरका एन्डीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । तर, थप गरिएको समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

अब पीएसजीले फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे १९ मा हुनेछ ।

Facebook Comments Box