च्याम्पियन्स लिगमा रियलले पिएसजी तथा लिभरपुलले इन्टरसँग खेल्ने

Read Time:1 Minute

युईएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र गरेको छ। सोमबार निकालिएको ड्र अनुसार अन्तिम १६मा दुई ठूला टिम स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पिएसजी भिड्ने भएका छन्।

यस्तै, इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलान प्रतिस्पर्धीका रुपमा पाएका छ। यस्तै, म्यान्चेस्टर युनाइटेडले एट्लेटिको मड्रिड तथा युभन्टसले भिल्लारियल प्रतिस्पर्धी पाएका छन्।

गत सिजनका फाइनलिस्ट चेल्सी र म्यान्चेस्टर सिटीले पनि तुलनात्मक रुपमा सहज टिम पाएका छन्। चेल्सीले फ्रेन्च क्लब लिलेलाई प्रतिस्पर्धी पाउँदा सिटीले स्पोर्टिङ सिपीसँग खेल्नेछ । यस्तै, बायर्न म्युनिखले साल्सबर्ग तथा बेनिफकाले आयाक्सको सामना गर्नेछ।

युईएफएले सुरुमा निकालेको ड्रमा त्रुटी भएको भन्दै दोस्रो पटक ड्र निकालेको हो। पहिलो पटक निकालिएको ड्रमा पिएसजी र म्यान्चेस्टर युनाइटेड भिडने तय थियो। युईएफले प्राविधिक करणले त्रुटी भएको भन्दै महासंघको मुख्यालय रहेको स्विटजरल्यान्डको नियोनमा पुनः ड्र गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मनाङले पुलिस, ब्रिगेड बोइज र च्यासलसँग पोखरामा खेल्ने
Next post जावलाखेलले जोड्यो पहिलो अंक
Close