एम्बाप्पे चम्किँदा पिएसजीले बायर्नलाई उसकै मैदानमा हरायो

किलियन एमबाप्पे चम्किएपछि फ्रेन्च क्लब पिएसजीले जर्मन क्लब बायर्न म्यूनिखलाई उसकै मैदानमा हराएको छ। च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा एम्बाप्पेको दुई गोल मद्दतमा पिएसजीले डिफेन्डिङ च्याम्पियन बायर्नलाई उसकै मैदानमा ३–२ले हरायो।

योसँगै पिएसजीले गत सिजन फाइनलमा प्राप्त हारको बदला पनि लिएको छ। पिएजसीको जितमा एम्बाप्पेले दुई गोल गरे भने कप्तान मार्किन्होसले १ गोल गरे । यस्तै, बायर्नका चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे ।

खेलको तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा मार्क्विन्होस्ले पीएसजीको अग्रता दोब्बर पारे। पीएसजीका मोटिङले ३७औं मिनेटमा गोल गर्दै गोल अन्तरमा पहिलो हाफमा २-१ मा झारेको ।

६०औं मिनेटमा बायर्नका मुलरले गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो । तर, एमबाप्पेले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई जिताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.